रोडाथाङमा सम्पन्न भयो एसकेएम पार्टीको चुनावी सभा

IMG-20240407-WA0202.jpg

आगामी दिनमा नारीहरूलाई 50 प्रतिशत आरक्षण दिने मुख्यमन्त्रीको घोषणा

गान्तोक: आगामी १९ अप्रेलमा सम्पन्न हुने ११औं विधानसभा अनि १८औं विधानसभा चुनउलाई मध्य गरेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो चुनावी सभा विजयः भव जनसभा आज भव्यरूपमा रोडाथाङ मेला ग्राउण्डमा आयोजना गऱ्यो। आजरिनाक, छुजाचेन, नाथाङ माचोङ, नाम्चेबुङ, पाण्डम समष्टिको संयुक्त जनसभामा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ, लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बा, उम्मेदवारहरू राजु बस्नेत, पमिन लेप्चा, एलबी दास लगायत पुरण गुरुङको उपस्थिति रहेको थियो। आजको सभामा सबै उम्मेदवारहरूले सम्बोधन गरे भने स्टार क्यम्पेनर एवं पूर्व विधायक जीएम गुरूङले पनि सभालाई सम्बोधन गरे। सभालाई सबम्बोधन गर्दै पार्टी अध्यक्ष एवं रिनाक समष्टिका उम्मेदवार प्रेमसिंह तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो पहिलो कार्यकालमा गरेको जनपक्षीय कामहरूको कारण यो चुनाउमा फेरि जीत निश्चित रहेका किटान गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गठन गरेको नयाँ जिल्ला पाकिमलाई राजधानी गान्तोक जस्तो बनाउने उद्देश्य सहित पार्टीले आफूलाई यो जिल्लाको रिनाक निर्वाचन क्षेत्रमा उम्मेदवारको रूपमा खडा गरेको बताए। अब सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार बनाएर विभिन्न कल्याणकारी योजनाहरू गर्ने घोषणा गरे। आगामी कार्यकालमा सरकारी काममा नारीहरुलाई 50 प्रतिशत आरक्षण दिने घोषणा गरे।

पार्टीले सबै प्रकारको समिकरण मिलाएर सबै जात- धर्म, नारी, युवाहरूलाई जनताको प्रतिनिधित्व गर्नको निम्ति टिकट दिएको जानकारी गराए। समिकरण मिलाउँदा छुटिएका पार्टीको होनहार कार्यकर्ताहरूलाई आगामी समयमा इज्जत सम्मान दिएर राख्ने पनि बताए। एसकेएम पार्टीको संविधानमा नै एक व्यक्तिले दुईपल्ट मात्र जनतालाई प्रतिनिधित्व गर्ने नियम रहेको हुँदा धेरै युवाहरूले जनताको सेवा गर्नको निम्ति अवसर पाउने बताए। अब युवाहरूले पनि स्वयं अनि अनुशासित भनेर पार्टीको काम गर्न अघि आउने पनि आह्वान गरे। आफु स्वयंले पनि अबको कार्यकालपछि आफु स्वयंले पनि चुनावी राजनीतिबाट सन्यांस लिएर साधारण रुपमा जनताको सेवा गर्ने निर्णय बनाइसकेको साथै आफुले आधिकारिक रुपमा घोषणा पनि गरिसकेको बताए। पार्टीमा रहेर युवाहरूलाई मार्गनिर्देशन गर्ने बताए।

About Author

Advertisement