रेलको इन्जिन र डिब्बा ठोक्किँदा केही यात्रुहरु  गम्भीर घाइते

IMG-20250211-WA0175

कोचबिहार: दिनहाटाको बामनहाट रेलवे स्टेशनमा आज रेलको इन्जिन र रेलको बोगी ठोकिँदा केही धेरै यात्रुहरू गम्भीर घाइते भएका छन्। बामनहाट-सिलगढी प्यासेन्जर ट्रेन १५४६८ आज रेलवे स्टेशन आइपुगेको बताइएको छ। यात्रुहरू ओर्लँदै गर्दा, इन्जिनलाई सिलगढीतिर मोड्न सकियोस् भनेर रेलको डब्बाबाट इन्जिन अलग गरिएको थियो। इन्जिन पछाडि फर्काउने क्रममा इन्जिन रेलको बोगीमा ठोक्कियो। ठोक्किँदा इन्जिनमा जोडिएको पहिलो कोचको ठूलो भाग क्षतिग्रस्त भयो र त्यस कोचमा यात्रा गरिरहेका कतिपय  यात्रुहरू गम्भीर घाइते भए।

About Author

Advertisement