बंगाल: रेडियो सलेसियनद्वारा ७औँ वर्षगाँठ पालन

IMG-20221209-WA0250.jpg

सोनादा: पूर्वोत्तर भारतकै क्याम्पसमा सञ्चालित प्रथम नेपाली/गोर्खा भाषामा प्रसारित सामुदायिक रेडियो, रेडियो सलेसियन ९०.८ एफएमले हिजो सातौँ वर्षगाँठ पालन गर्यो। सलेसियन कलेज सोनादाका फादर सीएम पलको पहलमा विगत ८ दिसम्बर २०१६ यता स्थानीय समुदाय विशेष विविध कार्यक्रमहरू प्रसारण आइहेको छ। वर्तमानमा पहाड़को एक मात्र सामुदायिक रेडियो सलेसियनले धेरै चर्चा चलिरहेको छ। सातौं वर्षगाँठको अवसरमा कार्यक्रम निर्देशक समीर घिमिरेले रेडियो सञ्चालन समिति तथा सम्पूर्ण श्रोताहरुलाई शुभेच्छासँगै साथका लागि आभार प्रकट गरे। उनले मिरिक डुुप्टिनका स्वयंसेवी रेडियो प्रस्तोता विष्णुकुमार बराइलीको उदाहरण दिँदै आफ्नो गाउँघरको आवाजलाई रेडियो मार्फत प्रसारणमा ल्याउनलाई स्वयंसेवी रेडियो प्रस्तोताका रुपमा कार्य गरिदिने आग्रह गरे। हप्तामा आइतबार बाहेक बाँकी ६ दिन नै बिहान ८ बजीदेखि राति ८ बजीसम्म ६ घण्टा सोझो प्रसारण अनि ६ घण्टा रेकर्डिङ कार्यक्रम प्रसारण गर्ने गर्छ भने आइतबार पूरा १२ घण्टा नै रेकर्डिङ कार्यक्रम प्रसारण हुनेगर्छ। यसका साथै रेडियोले श्रोताहरुका लागि समय-समयमा कतिपय प्रतियोगिताहरू पनि आयोजन गर्नेगर्छ। स्रोताहरूको निम्ति राख्दै आइरहेको छ। यसका अतिरिक्त स्थानीयसँगै अन्य राज्यका इच्छुकहरुलाई रेडियो प्रस्तोताको तालिम पनि दिने गर्छ।
हिजो रेडियोको सातौं वर्षगाँठ कार्यक्रममा कार्यक्रम निर्देशक समीर घिमिरसँगै रेडियो प्रस्तोताहरु क्रमैले मोजेस तामाङ, गरिमा लोहागण, बन्दना राई, वाङ तामाङ लगायत आसामबाट रेडियो तालिम लिन आएका इन्टर्नहरु उपस्थित थिए भनी आरजे मोजेसले जनाएका छन्।

About Author

Advertisement