रुदेन सादा लेप्चालाई तँ भनेर सम्बोधन गरेकोमा पेम्बा रिम्पोर्छेद्वारा घोर विरोध

IMG-20260418-WA0083

खरसाङ: कालेबुङका विधायक एंव हालको कालेबुङ विधानसभा समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार रुदेन सादा लेप्चालाई दार्जिलिङका सांसद राजु विष्टले तँ भनेर सम्बोधन गरेको भन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले विरोध जनाएका छन्। उनले एक भिडियो जारी गर्दै सांसद राजु विष्टको नाम नलिई विधायक जस्तो गरिमामय पदमा रहेका व्यक्तिलाई तँ भनेर सम्बोधन गर्नु उचित नरहेको बताएका छन्। उनले भने, रुदेन सादा लेप्चा विधायक मात्र नभएर उनी यहाँको अनुसूचित जनजातिको मान्छे हुन् जो अहिलेको जनजाति होइन तर ईष्ट इण्डिया कम्पनीभन्दा अघिको जनजाति हुन।‌ रुदेन सादा लेप्चालाई तँ भनेर सम्बोधन गर्नु रुदेन सादा लेप्चालाई मात्रै होइन तर सम्पूर्ण पहाडका अनुसूचित जनजाति र अल्पसंख्यकहरुलाई हेपेको हो। यो राम्रो होइन।’
पेम्बा रिम्पोर्छेले अघि भने, वन साङ्लोले घर साङ्लोलाई खेद्छ भन्ने उखान छ नि तेस्तै भईसकेको छ। वन साङ्लोलाई पैसामा जाति र संस्कृति बेचेर ल्याउँदा जातिलाई नोक्सान भएको छ‌। आफुले आफुलाई गुण्डा भन्ने गरेको र सांसद भएर यस्तो अपशब्द बोल्नु सुहाउँदैन। पहाड शान्ता छ र अहिलेसम्म कुनै अशान्ति छैन। तर उनीहरुले पहाड अशान्ति पार्न खोज्दैछ। पहाडको शान्ति श्रृंखला नबिक्रियोस्। यस्तो प्रकारको भाषा शैलीले गर्दा पहाड अशान्त बन्नसक्छ।’
उनले अझ भने, हामीले गलत मान्छेलाई अगुवा बनाएछौं। चुनाव प्रचारको पोष्टरमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा मात्र हुन्छन् तर उनीहरुको पोष्टरमा केवल उम्मेद्वार हुन्छन् तर अरु सबै बाहिरकाहरु मात्र हुन्छन्।‌’

About Author

Advertisement