रुखमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव फेला

484798ed-c7d8-43f2-94be-4a36673e7735


सिलगढीः रुखमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव बरामद मृतकको नाम सुभाष सरकार हो। व्यक्ति अम्बाडीको कमरभिता क्षेत्रका बासिन्दा थिए। स्थानीय स्रोतअनुसार बिहान घुम्न निस्कने क्रममा रुखमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव स्थानीयले देखेका थिए। त्यसपछि अम्बरी चौकी पुलिसलाई खबर गरिएको थियो। पुलिसले घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि पठाएको मृतक सुभाष सरकार पेसाले टोटो चालक र चिया पसलमा कार्यरत रहेको बताइएको छ। अम्बारी चौकीले घटना किन भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement