रिन्चेनपोङ निर्वाचन क्षेत्रका नवनियुक्त पदाधिकारीहरूद्वारा पार्टी अध्यक्ष पवन चामलिङसँग भेटघाट

e0e03b53-d1f2-44ca-acd4-464534c8ba65

गान्ताेक: ​सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का रिन्चेनपोङ निर्वाचन क्षेत्रका नवनियुक्त पदाधिकारीहरूले घुरपिसेमा पार्टी अध्यक्ष श्री पवन चामलिङसँग शिष्टाचार भेट गर्नुभएको छ।
​यस नवनियुक्त टोलीमा सीएलसी अध्यक्ष शिव कुमार राई, उपाध्यक्ष देवेन थापा मगर, महासचिव एरोन राई र संयुक्त सचिव फुचुङ लेप्चा रहनुभएको छ। यसैगरी टोलीको सल्लाहकारहरूमा ए.बी. राई, चन्द्र बहादुर राई र एम.बी. राई नियुक्त हुनुभएको छ।
​नवनियुक्त पदाधिकारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै, उहाँहरूले पूर्ण निष्ठाका साथ कार्य गरेर पार्टीलाई बलियो बनाउने र रिन्चेनपोङ निर्वाचन क्षेत्रका जनताको सेवा गर्ने कार्यमा पूर्ण सफलता प्राप्त गर्ने विश्वास लिइएको छ।

About Author

Advertisement