सोरेङ। सोरेङ जिल्लाको रिञ्चेन्पोङ बजारस्थित विष्णु शर्माको काठको घर आज बिहान भीषण आगलागीमा जलेर स्वाहा भएको छ। साथै छेवैमा रहेको निम नामग्याल भोटिया र अशोक गौतमको दुईवटा बिल्डिङ पनि यस आगलागीको चपेटामा आएर ठूलो क्षति पुगेको छ। आगलागी काण्डमा कुनै प्रकारको मानवीय क्षति नभए तापनि पीडितहरुलाई लाखौं रुपियाँको क्षति भएको छ।
स्थानीय पुलिस, दमकल विभाग र नागरिकहरुको सहयोगमा लगभग दुई घण्टासम्म चलेको अथक प्रयासपछि आगोलाई नियन्त्रणमा लिएको थियो। प्रशासनले आगलागीको कारणको जाँच गरिरहेको छ।

कृषि मन्त्री लोकनाथ शर्माले रिञ्चोन्पोङको आगलागी स्थलको स्थलगत निरीक्षण भ्रमण गरेर सरकारबाट हुनसक्ने हरसम्भव मद्दत पुर्याउने पीडितहरुलाई आश्वासन दिएका छन्। यसरी नै रिञ्चेन्पोङ समष्टिका क्षेत्र प्रभारी फूर्बा छिरिङ भोटिया, सोही समष्टिका सीएलसी अध्यक्ष, स्थानीय पञ्चायत र सोरेङ जिल्ला अन्तर्गत सम्बन्धित प्रशासिन अधिकारीहरुले पनि अग्नि काण्डमा भएको क्षयक्षतिको जायजा लिएको रिपोर्ट प्राप्त भएको छ।








