नगरनिगमको तर्फबाट पर्यावरण दिवस पालन

photocollage_202265165353861.jpg

सिलगढी। आज नगरनिगमको तर्फबाट सिलगढीको सूर्यसेन पार्क परिसरमा पर्यावरण दिवस पालन गर्दै वृक्षरोपण गरे। शहरको विभिन्न ठाउँमा पनि रुखका विरुवाहरू रोपियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका काउन्सिलर सोनम वाङ्दी भुटिया लगायत अन्यले रुखका विरुवाहरू रोपे।
यसको साथै सिलगढी शहरलाई प्लास्टिकमुक्त सहर बनाउने लक्ष्य राखेर थर्मकल, प्लास्टिकको व्यवहार नगर्ने थपथ लिँदै तिनहरूले यसको प्रयोग नगर्ने सबैसित अपील पनि गरे। यस अवसरमा रञ्जन सरकारले भने, आज विश्व पर्यावरण दिवसको उपलक्ष्यमा सिलगढी शहरलाई हरियालीमुक्त बनाउने लक्ष्य राखेर शहरको विभिन्न ठाउँमा रुखका विरुवाहरू रोपियो।

About Author

Advertisement