सोनादा: २१२औँ भानु जयन्ती समारोह समिति सोरेङ सिक्किमको तत्वावधानमा सिक्किमको सोरेङको डाकबङ्गला प्रेक्षागृहमा सम्पन्न भएको राष्ट्र स्तरीय स्वरचित कविता पाठ प्रतियोगितामा सोनादा डिग्री कलेजकी छैटौं सत्रकी छात्रा रोशनी छेत्रीले पनि सहभागिता जनाएकी थिईन्। पहिलो चरणमा भारतभरिका चालिसवटा कलेजका विद्यार्थीहरुले भाग लिए तापनि अन्तिम चरणमा पन्ध्र वटा कलेजका विद्यार्थीहरु मात्र पुग्न सक्षम भएको आयोजक समितिले जानकारी दिएका थिए। हिँज सम्पन्न भएको फाइनल राउण्डमा शीर्ष तीनमा पुग्न नसके तापनि रोशनी छेत्रीले आफ्नो सुन्दर प्रस्तुतिको लागि आयोजक समितिको तर्फबाट प्रमाण पत्र, स्मृति चिन्ह आदि प्राप्त गरेका थिए। रोशनी छेत्रीको यस उपलव्धिको लागि कलेज परिवारले उनलाई बधाई र शुभकामना दिएका छन् भनी सोनादा डिग्री कलेजका उप प्राध्यापक मेघनाथ छेत्री जानकारी दिएका छन्।










