१ जुलाईः टोक्यो ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक जित्ने नीरज चोपड़ाले फेरि एकपल्ट भाला फ्याँक्न (ज्याभलिन थ्रो)-मा आफ्नै राष्ट्रिय रेकर्ड तोड़े। स्टकहोम डायमण्ड लीगमा नीरजले ८९.९४ मीटरको थ्रो गरे। यसअघि १४ जूनमा नीरजले पावो नूरमी गेम्समा ८९.०३ मीटरको थ्रो गरेर आफ्नो रेकर्ड तोड़ेका थिए। यसपाली उनले फेरि एकपल्ट आफ्नो रेकर्ड तोड़े पनि ९० मीटरको दूरी तय गर्न सकेनन्। ओलम्पिकमा स्वर्ण जितेपछि नीरज यस साल जूनमा फील्डमा फर्किएका छन्। स्टकहोम डायमण्ड लीगमा नीरजले पहिलो थ्रो-मै राष्ट्रिय रेकर्ड तोड़े। उनले दोस्रो थ्रो ८४.३७ मीटर, तेस्रो ८७.४६ मीटर, चौथो ८४.६७ मीटर, पाँचौं ८६.६७ मीटर र छैटौं थ्रो ९६.८४ मीटरको फ्याँके। टोक्यो ओलम्पिकपछि यो नीरजको तेस्रो इभेण्ट थियो। यसअघि दुईवटा इभेण्टमा उनले रजत र स्वर्ण पदक जितेका थिए।
आफ्नै राष्ट्रिय रेकर्ड तोड़े पनि नीरजले स्वर्ण पदक चाहिँ जित्न सकेनन्। क्यारेबियन देश ग्रेनाडाका पीटर्स एण्डरसनले स्वर्ण पदक जिते। २४ वर्षीय एण्डरले ९०.३१ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। उनले यस सीजनमा ९३.०७ मीटरको थ्रो गरिसकेका छन्। नीरजले दोस्रो स्थानको साथ रजत पदक जिते। डायमण्ड लीगमा यो नीरजको पहिलो पदक हो। यसअघि उनको सर्वश्रेष्ठ प्रदर्शन चौथो स्थान थियो। जर्मनीका जुलियान वेबरले ८९.०८ मीटरको थ्रो सहित काँस्य पदक जिते। अब नीरजले १५-देखि २४ जुलाईबीच हुने वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा नीरजले पदकको निम्ति दावेदारी पेश गर्नेछन्।









