राष्ट्रिय राजमार्ग १० खोलिन अझ केही समय लाग्ने

IMG-20231018-WA0077.jpg

टिस्टा: स्थानीय मानिसहरु अनि चालक दाजु-भाईहरूको सुरक्षालाई मध्य नजर राखेर राष्ट्रिय राजमार्गको अवस्था पूर्ण रूपले अझसम्म ठीक नभएको कारण राजमार्ग १० खोल्न अझ केही समय लाग्ने अधिकारीक रूपमा सूचना प्राप्त भएको छ। स्मरण रहोस, आज बिहिबारदेखि राजमार्ग १० खोल्ने पूर्णरुपले प्रयास गरे तापनि धेरैवटा ठाँउमा भित्ता कटिङ गर्दा ठुलो-ठुलो चट्टान भेटिएको कारण उक्त राजमार्गलाई खोल्न अझ केही दिन लाग्ने बताइको छ। कालेबुङका जिल्लापालले अधिकारीक रूपमा नोटिस जारी गर्दै यात्रीहरुको सुरक्षालाई मध्य राखेर राजमार्ग १० खोल्न अझ केही समय लाग्ने बताएको छ।

About Author

Advertisement