राष्ट्रिय टोलीबाट खेल्न जारी राख्ने पोर्तुगलका स्टार क्रिस्टियानो रोनाल्डोले

IMG-20260924-WA0084

नयाँ दिल्ली: क्रिस्टियानो रोनाल्डोले पोर्तुगलसँग आफ्नो अन्तर्राष्ट्रिय भविष्यलाई लिएर स्थिति स्पष्ट गरेका छन्। ४१ वर्षीय स्टार फूटबलले बताएअनुसार, राष्ट्रिय टोलीलाई उनको आवश्यकता भइञ्जेलसम्म उनी खेल्न जारी राख्नेछन्। जुन दिन टोलीमा योगदान दिन नसकिरहेको या टोलीलाई उनको आवश्यकता नभएको अनभव हुनेछ, त्यस दिन आफैले टोली छोड़ने रोनाल्डोले बताएका छन्। रोनाल्डोले जुलाईमा फिफा विश्व कप २०२६-को राउण्ड अफ १६-मा स्पेनविरुद्ध हारको साथ पोर्तुगल बाहिर भएपछि आफ्नो अन्तर्राष्ट्रिय भविष्यको पुष्टि गरेका थिएनन्। यसबीच नयाँ प्रशिक्षक जर्ज जीससले आउँदो अन्तर्राष्ट्रिय मैत्री म्याचहरूका निम्ति उनलाई टोलीमा सामेल गरेपछि रोनाल्डो अहिले पनि राष्ट्रिय टोलीको निम्ति उपलब्ध रहेको स्पष्ट भएको छ। वेल्सविरुद्ध म्याचअघि आफ्नो भविष्यबारे रोनाल्डोले भने, उनीहरूले मलाई राष्ट्रिय टोलीमा चाहँदैनन् भनेपछि म सबैभन्दा पहिला जाने व्यक्ति हुनेछु। यसबाहेक जब मलाई टोलीको निम्ति योगदान दिन नसकिरहेको या टोलीको माहोल खराब गरिरहेको अनुभव हुनेछ, त्यस समय पनि म पछि हट्नेछु। म आफ्नो सुटकेस उठाउनेछु अनि जानेछु। पोर्तुगलका मानिसहरूले ममाथि भरोसा गर्छन्। यसैकारण म अहिले यहाँ छु। केवल आँकड़ाहरूलाई हेर्नुहोस्। तपाईंहरू स्वयं पनि गणना गर्न सक्नुहुन्छ। जुन दिन उनीहरूलाई ममाथि भरोसा रहनेछैन, कुनै समस्या छैन, म टोली छोड़ेर जानेछु। म सदा यस महासंघको नम्बर एक प्रशंसक रहनेछु। यसरी रोनाल्डोले विश्व कपबाट बाहिर भएपछि अन्तर्राष्ट्रिय फूटबलबाट हट्ने विषयमा विचार गरेको पनि रोनाल्डोले स्वीकार गरे। पछिबाट पोर्तुगलका राष्ट्रपति पेड्रो प्रोएंका र प्रशिक्षक जर्ज जीसससँग कुराकानीपछि उनले खेल जारी राख्ने फसेला गरे। उनले भने, सन्न्यासको विचार मनमा आएको थियो। म सदा आफ्नो फसेला, आफ्नो भविष्य र वर्तमानबारे सोचिरहन्छु। म सोच्ने व्यक्ति हूँ, तपाईंले सोच्नु पर्छ। यसैकारण तपाईंहरूले मलाई यहाँ देखिरहनु भएको छ। यसैकारण म खेल्न जारी राख्नेछु। रोनाल्डोले बताएअनुसार, उनी केवल गोल गर्न नभएर युवा खेलाड़ीहरूलाी सहायता गर्नमा पनि टोलीमा योगदान दिन चाहन्छन्। उनले भने, मलाई अहिले पनि विश्वास छ कि म राष्ट्रिय टोलीलाई त्यो हासिल गर्नमा सहायता गर्न सक्छु जुन उनीहरूले चाहन्छन्। मेरो विचारमा म गोलको माध्यमले मात्र नभएर मैदान बाहिर पनि राष्ट्रिय टोलीलाई समर्थन दिन सक्छु। उल्लेखनीय छ, रोनाल्डोले क्लब र राष्ट्रिय टोली मिलाएर जम्मा ९७९ गोल गरिसकेका छन् अनि अहिले उनी १००० गोलको ऐतिहासिक आँकड़ादेखि केवल २१ गोल टाढ़ा रहेका छन्। रोनाल्डोले बताएअनुसार, उनी यस उपलब्धिसम्म पुग्न चाहन्छन् तर यसलाई लिएर पागल पनि छैनन्। रोनाल्डोले भने, राष्ट्रिय टोलीसँग आफ्नो १०००औं गोल गर्नु सुनमा सुगन्ध हुनेछ। यो एउटा असाधारण कहानीको चमत्कारी अन्त जस्तो हुनेछ। म यस लक्ष्यसम्म पुग्न चाहन्छु अनि यसलाई हासिल पनि गर्नेछु तर यसलाई लिएर अति उतसाहित पनि छुइनँ। रोनाल्डो शुक्रवार जोस अल्वालाडे स्टेडियममा वेल्सविरुद्ध खेल्न ओर्लिनेछन्। यो त्यही मैदान हो जहाँ उनले स्पोर्टिंगको साथ आफ्नो पेशादार करियरको शुरुवात गरेका थिए।

About Author

Advertisement