राष्ट्रिय झण्डा अङ्गीकरण दिवसमा मंत्री लामाको सन्देश: “तिरङ्गा स्वतन्त्रता सेनानीहरूको बलिदान र राष्ट्रिय एकताको प्रतीक”

d6a1770f-9150-4aaf-bfcc-74c58b33bf14

सिलगढी/कोलकाता: पश्चिम बङ्गालका मंत्री विशाल लामाले भारतको ‘राष्ट्रिय झण्डा अङ्गीकरण दिवस’का अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय झण्डा तिरङ्गाको गरिमा उच्च राख्न आह्वान गरेका छन्।
​सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै लामाले सन् १९४७ को ऐतिहासिक दिनलाई स्मरण गरेका छन्, जुन दिन भारतको संविधान सभाले राष्ट्रको एकता, स्वतन्त्रता र सार्वभौमसत्ताको प्रतीकका रूपमा राष्ट्रिय झण्डाको अन्तिम ढाँचा (डिजाइन) लाई अङ्गीकरण गरेको थियो।
​तिरङ्गाको महत्त्वमाथि प्रकाश पार्दै लामाले भनेका छन्, “हाम्रो तिरङ्गा एउटा झण्डा मात्र होइन—यसले हाम्रा स्वतन्त्रता सेनानीहरूको बलिदान, हाम्रो संविधानको मर्म र प्रत्येक भारतीयको महत्त्वाकांक्षालाई समेटेको छ।”
​सो अवसरमा मंत्री लामाले राष्ट्रिय झण्डाको मर्यादा जोगाउँदै एक सशक्त, एकजुट र समृद्ध भारत निर्माणका लागि सबैलाई मिलेर काम गर्ने सङ्कल्प गर्नसमेत आग्रह गरेका छन्।

About Author

Advertisement