नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार चाड, बुरूङ्डी, फिनल्याण्ड, अङ्गोला औ इथियोपियाका राजदूतहरूको परिचय पत्रलाई स्वीकार गरिन्। राष्ट्रपति भवनद्वारा जारी बयान अनुसार, चाड गणराज्यकी राजदूत डिल्ला लुसिएन, बुरूङ्डी गणराज्यका राजदूत ब्रिगेडियर जनरल अलयस बिजिङ्दावी, फिनल्याण्ड गणराज्यका राजदूत किम्मो लाहदेविर्ता, अङ्गोला गणराज्यका राजदूत क्लेमेन्टे पेड्रो फ्रान्सिस्को क्यामेनहा तथा इथियोपियाको संघीय लोकतान्त्रिक गणराज्यका राजदूत डेमेके अतनाफू अम्बुलोले आ-आफ्नो परिचय पत्र प्रस्तुत गरे। राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले यी पाँच देशका राजदूतहरूको परिचय पत्र स्वीकार गरिन्। -हिस










