जम्मू: जम्मूको भगवती नगरस्थित आधार शिविरबाट बुधवार बिहान १७औं समूहलाई वर्षा अनि कड़ा सुरक्षाबीच अमरनाथ यात्राको लागि प्रस्थान गराइयो। यस समूहमा ४९२० श्रद्धालुहरू सामेल छन्। उक्त शिविरबाट २५६६ श्रद्धालुहरूलाई लिएर १०७ वाहनहरूको लस्कर पहलगाम अनि ८१ वाहनहरूको लस्कर २२९१ श्रद्धालुहरूलाई लिएर बालटाल आधार शिविर तर्फ प्रस्थान भयो। १९७४ पुरूष, ४९६ महिला, ११ बालबालिका, ८१ साधु एवं चार साध्वीहरूको एउटा समूह १०७ वाहनहरूको माध्यमबाट पहलगामको लागि हिँड़े। भने बालटालको लागि १३८१ पुरूष, ९५५ महिला र १८ बालबालिका ८१ वाहनहरूमा सवार भएर हिँड़े। अमरनाथ मन्दिरको पवित्र गुफा ३,८८८ मीटर उच्चतामा अवस्थित छ। ६२ दिवसीय वार्षिक तिर्थ यात्रा गत १ जुलाईदेखि अनन्तनाग जिल्लाको पहलगाम र गांदरबल जिल्लाको बालटालबाट शुरू भएको थियो। यो यात्राको समापन आगामी ३१ अगस्तमा हुनेछ। -हिस










