राष्ट्रपति मुर्मुलाई लिएर अधीर रञ्जनको यो भनाइले चर्कियो विवाद

नयाँ दिल्ली: कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मुलाई लिएर विवादास्पद टिप्पणी गरे। उनले राष्ट्रपतिका लागि ‘राष्ट्र पत्नी’ शब्द प्रयोग गरेका छन्। यो टिप्पणीपछि अधीर रञ्जन घेरिएका छन्। भारतीय जनता पार्टी (भाजपा) ले बिहीबार लोकसभामा राष्ट्रपति द्रौपदी मुर्मुलाई अधीर रञ्जन चौधरीले ‘राष्ट्र पत्नी’को रूपमा गरेको सम्बोधनलाई ‘घृणित र सबै मूल्य र मान्यताहरू विरुद्ध’ भनेको छ। पार्टीले देशको सर्वोच्च संवैधानिक पदमा रहेका आदिवासी महिलाको अपमान गरेकोमा कांग्रेसले माफी माग्नुपर्ने माग गरेको छ।

अधीर रञ्जन चौधरीले बुधबार एक निजी च्यानलको कार्यक्रममा राष्ट्रपति मुर्मुलाई ‘राष्ट्र पत्नी’ भन्दै सम्बोधन गरेका थिए। केन्द्रीय मन्त्री स्मृति इरानीले भनिन्, ‘द्रौपदी मुर्मुलाई राष्ट्रकी पत्नीको रूपमा सम्बोधन गर्नु भारतको हरेक मूल्य र संस्कृतिको विरुद्ध हो। यो सम्बोधनले त्यो सर्वोच्च संवैधानिक पदको गरिमामा आँच पुर्याएको थाहा हुँदाहुँदै पनि कांग्रेसका एक पुरुष नेताले यस्तो घृणित कार्य गरेका छन्l’ उनले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएदेखि नै कांग्रेसले उनको खिल्ली उडाउँदै आएको र यसै क्रममा उनलाई कहिले कठपुतली, कहिले अशुभ र अशुभको प्रतीक भनेको आरोप लगाइन्।

स्मृति इरानीले भनिन्, ‘मुर्मुले ऐतिहासिक चुनाव जितेपछि पनि कांग्रेसले आदिवासी, गरिब महिलाले देशको सर्वोच्च संवैधानिक पद विभूषित गरेको तथ्यलाई स्वीकार गर्नसकेको छैनl’ यस हदसम्म  र गरिब परिवारलाई देशको सर्वोच्च संवैधानिक पदमा यसरी आफ्नो इज्जतमा चोट पुर्‍याउने काम भएको छl’ उनले संसद र सडकमा कांग्रेस र यसका नेताहरूले देशको प्रथम नागरिक र देशसँग माफी माग्नुपर्ने बताइन्। अधीर रञ्जनको टिप्पणीलाई लिएर बिहीबार लोकसभामा निकै हंगामा भयो। यस क्रममा केन्द्रीय मन्त्री स्मृति इरानीले कांग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीसँग माफी मागेको कुरा गरेकी थिइन्। स्मृति इरानीले अधीर रञ्जन चौधरी र कांग्रेस पार्टीले देशका गरिब जनता र आदिवासी जनजातिसँग माफी माग्नुपर्ने बताइन्। संसदमा चर्काचर्कीपछि संसदको बैठक स्थगित भएको छ।

About Author

Advertisement