राशन अनियमिताबारे गोरामुमोद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन

सोनादा: वर्तमान समय पहाडमा राशन अनियमिताबारे जनताको धेरै गुनासो आएपछि गोरामुमोले खण्ड विकास अधिकारीलाई यसबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाउने कार्य गरिरहेका छन्। यसैक्रममा आज गोरामुमो घुम जोरबङ्गलो समष्टि, सुके मानेभञ्ज्याङ समष्टि अनि पोख्रेबुङ नागरी समष्टिका प्रतिनिधि टोलीले आज सुके पोखरी खण्ड विकास अधिकारीलाई भेटघाट गरी ज्ञापन पत्र समेत बुझाएका छन्। भेटघाटको क्रममा प्रतिनिधि टोलीले कतिपय डिलरहरुले सरकारी मापदण्ड अनुसार रासन वितरण नगरेको र यसबारे उचित छानबीन गरी कार्यवाही गरिनु पर्ने आफ्नो मांग राखेका छन्। खण्ड विकास अधिकारीले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै चाढ़ै छानबीन गरी दोषीहरुलाई कार्वाही गर्ने आश्वासन दिएको गोरामुमोद्वारा प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

Advertisement