रायबाकिना बनिन् अमेरिकी ओपन च्याम्पियन, सबालेंकाको सपना भताभुंगै

IMG-20260913-WA0050

न्यूयोर्क: दोस्रो वरीयता प्राप्त कजाखस्तानकी एलेना रायबाकिनाले सालको चौथो ग्राण्ड स्ल्याम टेनिस टुर्नामेण्ट अमेरिकी ओपनमा महिला एकलको खिताब जितिन्। भारतीय समयानुसार शनिवार अबेर राति आर्थर ऐश स्टेडियममा खेलिएको महिला एकलको फाइनलमा रायबाकिनाले शीर्ष वरीयता प्राप्त आर्यना सबालेंकालाई ६-४, ५-७, ६-२-ले पराजित गरे। यो रायबाकिनाको समग्रमा दोस्रो ग्राण्ड स्ल्याम अनि अमेरिकी ओपनमा पहिलो खिताब हो। यसअघि उनले सालको शुरुवातमा अष्ट्रेलियन ओपनमा पनि सबालेंकालाई नै पराजित गरी खिताब जितेकी थिइन्। यसरी फाइनलमा हारको साथ सबालेंकाको टुर्नामेण्टमा लगातार तेस्रोपल्ट च्याम्पियन हुने सपना भताभुंगै भयो। बेलारुसकी स्टार खेलाड़ीले साल २०२४ र २०२५-मा ट्रफी जिते पनि यसपाली उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। फाइनलमा हारको सम्मुखीन भएपछि सबालेंकाले आफ्नो भवनाहरूलाई सम्हाल्न सकिनन् अनि आफ्नो ऱ्याकेटमाथि रिस पोखाइन्। यसको साथमा उनलाई क्यामेराम्यानमाथि पनि आक्रोशित भएको देखियो। फाइनलमा सबालेंकाले असल शुरुवात गरेकी थिइन् तर रायबाकिनाले पहिलो सेट ६-४-ले जितिन्। दोस्रो सेटमा दुई खेलाड़ीबीच रोमाञ्चक प्रतिस्पर्धा देखियो अनि सबालेंकाले असाधारण पुनरागमन गर्दै दोस्रो सेट ७-५-ले जित्दा म्याच तेस्रो तथा निर्णायक सेटसम्म पुग्यो। निर्णायक सेटमा चाहिँ रायबाकिनाले बेलारुसकी प्रतिद्वन्द्वीलाई कुनै मौका दिइनन् अनि ६-२-ले सेट र आफ्नो पहिलो अमेरिकी ओपनको खिताब जितिन्। फाइनलको नतीजाको असल केवल ट्रफीसम्म सीमित रहेन। सबालेंकाले विश्वकी नम्बर १ खेलाड़ीको स्थान पनि गुमाउनेछिन्। उनी ९९ हप्तासम्म डब्ल्यूटीए ऱ्याङकिंगको शीर्ष स्थानमा रहेकी थिइन्। अब सोमवार जारी गरिने नयाँ ऱ्याङकिंगमा रायबाकिना विश्वकी नम्बर १ महिला एकल खेलाड़ी बन्नेछिन्। म्याच समाप्त भएपछि निराश भएर ऱ्याकेट भत्काए पनि मीडियासँग कुराकानीको क्रममा सबालेंकाले हारलाई लिएर सकारात्मक मिजास देखाइन्। सबालेंकाले बताएअनुसार, टुर्नामेण्टमा उनको प्रदर्शनले धेरै सकारात्मक कुराहरू अघि आयो। उनले भनिन्, समग्रमा म त्यस स्तरमा खुशी हुनु पर्नेछ, जुन स्तरको प्रदर्शन मैले गरे। यस टुर्नामेण्टबाट धेरै कुरा सिक्ने अवसर पाएँ। रायबाकिनालाई बधाई। उनले असाधारण प्रदर्शन गरिन्। अनुभवको आधारमा भन्नु पर्दा म सदा झैं अझ मजबूतीको साथ खेल्ने फर्किनेछु। यस प्रदर्शनले मलाई आउँदो साल अझ असल प्रदर्शन गर्नको निम्ति प्रेरित गर्नेछ। सबालेंकाले टुर्नामेण्टको अवधि दर्शकहरूबाट प्राप्त भएको समर्थनको पनि प्रशंसा गरिन्। उनले भनिन्, यहाँ खेल्नु सदा अलग अनुभव हुन्छ। वास्तवमा मलाई त आफू अमेरिकी नै हो जस्तो पनि लाग्छ। तपाईंहरूले समर्थन बटुल्न नै म यहाँ हरेक म्याच जित्न चाहन्छु। यसबीच रायबाकिनाको निम्ति यो साल यादगार रह्यो। उनले सालको शुरुवात मेलबर्न पार्कमा अष्ट्रेलियन ओपन ट्रफीको साथ गरेकी थिइन्। त्यसपछि उनले सालको समापन अमेरिकी ओपन ट्रफीको साथ गरिन्। फ्लशिंग मिडोजमा सबालेंकाविरुद्ध फाइनलमा जीत अघि उनले सेमिफाइनलमा स्थानीय फेवरेट कोको गौफ र क्वार्टर फाइनलमा झेंग किनवेनलाई पराजित गरेकी थिइन्।

About Author

Advertisement