सिक्किम: नाबार्डको पहलमा २०२४ को निम्ति राज्य ऋण संगोष्ठी आयोजित

IMG-20240223-WA0168.jpg

गान्तोक: नाबार्ड अन्तर्गत रहेका सिक्किमको क्षेत्रिय कार्यालयको आयोजनमा साथै सिक्किम सरकारको कृषि विभागको संयु्क्त त्तवावधानमा आज राज्य ऋण संगोष्ठी २०२४-२५ को आयोजना गान्तोकस्थित एउटा होटलमा आयोजना गरियो। कार्यक्रमको प्रारम्भमा राज्यपालको बाहुलीद्वारा मोबाइल मार्टलाई झण्डा देखाएर प्रस्थान गराउने कार्यक्रम गरियो, जुन मोबाइल मार्ट ग्रामीण क्षेत्रको कृषि व्यापारमा विकासकोलागि नाबार्डद्वारा शुरु गरिएको हो।राज्य ऋण योजना यस्तो पक्ष हो, जसले राज्यको सिक्किमको राजस्व उत्पतिमा सहयोग पुऱ्याउने कार्य गर्दै आइरहेको छ। यो ऋण योजनाले राज्यका धेरै उद्यामीहरूलाई वित्तिय सहयोग प्रदान गर्छ।

कार्यक्रमको अवधिमा राज्यपालको बाहुलीद्वारा नाबार्डद्वारा तयार गरिएको स्टेट फोकस पेपरको पनि विमोचन गरियो। नाबार्डले अहिलेसम्म सिक्किममा गर्दै गरेका गतिविधिहरूलाई पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराइयो। वर्ष २०२३-२४ मा आयोजित राज्य ऋण संगोष्ठीमा राज्यका मुख्यमन्त्रीको उपस्थितिमा नाबार्डद्वारा पहल गरिएका परियोजनाहरुबारे पनि जानकारी गराउँदै त्यस परियोजना अन्तर्गत सहयोग प्राप्त गर्ने लाभार्थीहरुले पनि आफूले पाएको सहयोग र परियोजनाहरुबारे जानकारी गराउँदै नाबार्ड प्रति आभार प्रकट गरे। आफ्नो सम्बोधनको क्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमको ग्रामीण क्षेत्रको विकासमा नाबार्डले पुऱ्याउँदै आएको योगदानकोलागि धन्यवाद टक्राए। कुनै देश विकास हुनलाई पहिला गाउँ विकसित हुनुपर्छ भन्ने मन्तव्य पोख्दै नाबार्डले यस क्षेत्रमा अतुलनीय योगदान पुऱ्याउँदै आएको राज्यपालले अवगत गराए। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गाउँका मानिसहरुले भोगिरहेका कठीन चुनौतीहरुलाई महसुस गरेर उनीहरुको विकास हेतु विभिन्न योजनाहरू शुर गरेको र ग्रामीण क्षेत्रका कृषक साथै उद्यामीहरूलाई सहयोग गर्न सहुलियतहरु पनि प्रदान गरिरहेको कुरा अवगत गराए। प्रधानमन्त्रीको आगामी २०४७ सालसम्ममा भारत देशलाई पूर्ण विकसित भारत बनाउने परिकल्पनामा नाबार्डका प्रत्येक पदाधिकारीगणले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरिरहेको कुरा बताउँदै यसले राज्य अनि देशको उन्नतिमा धेरै सहयोग पुग्न सक्ने कुरा बताए। नाबार्डको सहयोगले सिक्किम पनि अन्य राज्य झै अग्रणी भागमा पुग्न सक्ने उनले मन्तव्य राखे ।राज्यका प्रत्येक कृषक, उद्धमी अनि व्यवसायीले इमानदारीसँग परिश्रम गर्न सके चाँडै नै राज्यले यो लक्ष्यलाई प्राप्त गर्न सक्ने उनले बताए।

About Author

Advertisement