गान्तोक। आठौं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले आज विकास क्षेत्रस्थित आफ्नो प्राधिकरणको कार्यालय हलमा योग प्रदर्शन आयोजन गऱ्यो। योग प्रदर्शनमा प्राधिकरणका सदस्य सचिव एसपी भोटिया, उप सचिव प्रवीण प्रधान तथा प्राधिकरणका अधिकारीहरू र कर्मचारीहरू सहभागी बने।
प्रशिक्षक डा. मनोरथ दाहालले योगको फाइदामाथि प्रकाश पार्दै योग पौराणिक अभ्यास र ध्यान रहेको बताए जसद्वारा अस्तव्यस्त जीवनबाट राहत पाउन सकिने बताए। योगले तनाउ कम गर्न हाम्रो शरीरको आन्तरिक चेतनालाई विकास गर्दछ भनी उनले बताए। प्रशिक्षक डा. दाहालले हाम्रो दिमागलाई बलियो बनाउन सास फेर्ने तरिका, मुद्रा र मेरुदण्ड गतिशीलतामा सुधारका लागि सहज अनि प्रभावशाली आसनहरू प्रदर्शित गरेर देखाए।
योग प्रदर्शनमा सहभागी बनेका सबैले जोश अनि उत्साहका साथ योग अभ्यास गरे। यो वर्ष अन्तरराष्ट्रिय योग दिवसको थीम ‘मानवताका लागि योग’ रहेको छ।










