राज्यसभा: आप सांसद संजय सिंह मनसून सत्रभरिको लागि निलम्बित

00-1-AAP-MP-Sanjay-Singh

नयाँ दिल्ली: राज्यसभाका सभापति जगदीप धनखड़ले सोमबार आम आदमी पार्टी (आप)का सांसद संजय सिंहलाई राज्यसभाको मनसून सत्रभरिको लागि निलम्बित गरे। संजय सिंहले आज राज्यसभाको कारबाही शुरू हुनसाथ मणिपुर मुद्दामाथि चर्चा गराउने माग गर्दै सभापतिको आसनको एकदमै नजिकमा पुगेर नाराबाजी गर्नलागे। सभापतिले उनलाई शान्त हुने र आफ्नो स्थानमा जाने आग्रह गरे, तर उनी मानेनन्। नेता सदनका पीयूष गोयलले यस सम्बन्धमा सदनमा प्रस्ताव ल्याए जसलाई ध्वनिमतले पारित गरियो। त्यसपछि आसनले सदनको कारबाहीमा बाधा पुऱ्याएको आरोपमा सांसद सांसद संजय सिंहलाई मनसून सत्रको रहल अवधिको लागि निलम्बन गरिदिए।

उल्लेख्य, आप सांसद संजय सिंह मणिपुरमा भइरहेको हिंसामाथि चर्चा गराउने मागलाई लिएर सभापतिको आसनको एकदमै नजिकमा पुगेका थिए। उनले आफ्नो बयानमा भनेका थिए, ‘मणिपुरमा जुन महिलामाथि दुर्व्यवहार भएको थियो तिनका पति कारगिल युद्धमा भाग लिसकेको सेनाका रिटायर्ड सुबेदार हुन्। यो मुद्दा गम्भीर छ। सदनमा चर्चा हुनुपर्छl’-हिस

About Author

Advertisement