राज्यसभाले सेवानिवृत्त भइरहेका सदस्यहरूलाई दियो विदाई

nat-3

नयाँ दिल्लीः राज्यसभामा शुक्रवार सदनबाट सेवानिवृत्त भइरहेका सदस्यहरूलाई विदा दिइयो। उच्च सदनबाट आज नौजना सदस्यहरू सेवानिवृत्त भइरहेका छन् भने यीमध्ये चारजना पुनः चयनित भएर सदनमा आएका छन्।

उच्च सदनबाट सेवानिवृत्त भइरहेका नौजन सदस्यहरूमा दिनेशचन्द्र जेमलभाई अनावडिया (गुजरात), जुगलसिंह माथुर (गुजरात), एस जयशङ्कर (गुजरात), डेरेक ओ ब्रायन (पश्चिम बंगाल), डोला सेन (पश्चिम बंगाल), प्रदीप भट्टचार्य (पश्चिम बंगाल), सुष्मिता देव (पश्चिम बंगाल), शान्ता छेत्री (पश्चिम बंगाल), सुखेन्दु शेखर रे (पश्चिम बंगाल) सामेल छन्। यिनीहरूमध्ये चारजना सदस्यहरू क्रमैले जयशङ्कर, डोला सेन, शुभेन्दु शेखर राय र डेरेक ओ ब्रायन पुनः सदनमा चयनित भएर आएका छन्। सभापति जगदीप धनखड़, विपक्षका नेता औ नेता सदनले यिनीहरूलाई शुभकामना दिए।

राज्यसभामा आज विपक्षका नेता मल्लिकार्जुन खड़गेले लोकसभामा कंग्रेसका नेता सदन अधीर रञ्जन चौधरीलाई सदनबाट निलम्बित गरिएको मुद्दा उठाए। उनले भने, नेता सदन एउटा महत्वपूर्ण पद हुन्छ। उनी धेरैवटा समितिहरूका अध्यक्ष हुन्छन्। सानो कारणमै उनको निलम्बन सही होइन। उनले केवल एउटा नाम उच्चारण गरेका थिए जसले गर्दा उनलाई निलम्बित गरियो।

-हिस

About Author

Advertisement