राज्यपाल माथुरले राजभवनबाट गरे मेडिकल टोलीलाई फ्ल्याग अफ्

IMG-20250505-WA0302

गान्तोक: राज्यका नागरिकहरूको स्वास्थ्य अनि कल्याणलाई प्राथमिकता दिँदै राज्यपाल ओम प्रकाश माथुरले आज राजभवनदेखि एसटीएनएम अस्पताल, मनिपाल अस्पताल र सिलगढीको न्यूटिया अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरको निम्ति डक्टर अनि नर्सहरूलाई हरियो झण्डा हल्लाएर प्रस्थान गराए। यो कार्यक्रम सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको निम्ति एक महत्वपूर्ण भाग हो।
यो स्वास्थ्य शिविर दक्षिण जिल्लाको याङगाङमा आयोजना गरिने छ जसमा चिकित्सा विशेषज्ञहरूले निःशुल्क जाँच गर्नको साथै औषधि पनि प्रदान गर्ने बताइएको छ। यो पहल शुरू गर्नुको मुख्य उद्देश्य स्वास्थ्य सेवा क्षेत्रलाई सुदृढ़ बनाउनको साथै राज्यका नागरिकहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गरिनु रहेको छ।
यस अवसरमा राज्यपालले भने “राज्यका नागरिकहरूलाई उत्तम स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्राथमिक उद्देश्य हो। यो स्वस्थ शिविर स्वस्थ सिक्किम समृद्ध सिक्किम-को लक्ष्यलाई साकार पार्ने एक महत्वपूर्ण पहल हो। यस शिविरबाट सबैलाई लाभ उठाउनु पर्ने र स्वस्थ समाज निर्माणमा योगदान दिनुपर्छ” उनले भने।

About Author

Advertisement