राज्यपाल माथुरले गरे केन्द्रीय मन्त्रीहरूसँग भेट

IMG-20240808-WA0260

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले आज नयाँ दिल्लीमा देशका गृहमन्त्री अमित शाहलगायत अन्य केन्द्रीय मन्त्रीहरूसँग भेटघाट गरे। राज्यपालले भेट गरेका अन्य मन्त्रीहरूमा रक्षामन्त्री राजनाथ सिंह र परिवहन एवं राजमार्ग मन्त्री नितीन गडकरी प्रमुख रहेका छन्। केन्द्रीय मन्त्रीहरूसँगको भेटवार्तामा राज्यपाल माथुरले सिक्किम राज्यसित सम्बन्धित विभिन्न विषयमा चर्चा गरे। यसै क्रममा उनले मन्त्री नितीन गडकरी हाल राष्ट्रीय राजमार्ग १० को अवस्थाबारे विस्तृत रुपमा जानकारी गराए।

About Author

Advertisement