राज्यपाल माथुरद्वारा लोसर पर्वको शुभकामना

WhatsApp-Image-2024-07-28-at-14.38.55-1-1536x863

गान्ताेक: राज्यपाल ओमप्रकाश माथुरले प्रदेशवासीहरूलाई आज लोसर पर्वको हार्दिक शुभकामना दिएका छन्। राज्यपालले आफ्नो सन्देशमा लोसरलाई तिब्बती नयाँ वर्षको पर्व र नयाँ उमङ्ग तथा आकांक्षाको प्रतीक भएको बताएका छन्।
राज्यपालले धार्मिक, सामाजिक र आध्यात्मिक दृष्टिले चाडपर्वहरूको विशेष महत्व रहेको भन्दै यिनले सांस्कृतिक विरासतलाई पुस्तादेखि पुस्तामा पु¥याउने माध्यमको रूपमा काम गर्ने बताएका छन्। उनले सिक्किमका नागरिकहरूलाई आफ्नो संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने साथै अन्य संस्कृतिहरूको सम्मान गर्दै सामूहिक सद्भाव कायम गर्ने आग्रहसमेत गरेका छन्।
राज्यपालले सबै सिक्किमवासीहरूबीच सुख, शान्ति र समृद्धि फैलियोस् भन्ने कामना व्यक्त गरेका छन्।

About Author

Advertisement