गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बाल दिवसको अवसरमा सिक्किमका भावी कर्णधारहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपाल आचार्यले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘बाल दिवस मनाउनुको सही अर्थ नानीहरूलाई देशको स्वस्थ अनि शिक्षित नागरिक बन्ने अधिकार सुनिश्चित गर्नु हो।
प्रत्येक नानी विशेष अनि अद्वितीय हुन्छ र उनीहरूको क्षमता अनुसार पर्याप्त अवसर प्रदान गर्नु हाम्रो नैतिक जिम्मेवारी हो।
राज्यपालले नानीहरूलाई डिजिटल तकनीकसॅंग जोडिनुका साथै भारतीय मूल्यहरूको जरासॅंग जोडिनु पनि आवश्यक छ भनी बताएका छन्। उनले भनेका छन्, ‘नानीहरू नै हाम्रा सांस्कृतिक धरोहरका भावी संवाहक हुन्।’









