राज्यपालले सीबीआईलाई दिए पार्थ विरूद्ध न्यायिक प्रक्रिया शुरू गर्ने अनुमति

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राज्यपाल डा. सीवी आनन्द बोसले राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी विरूद्ध न्यायक प्रक्रिया शुरू गर्ने अनुमति दिएका छन्। भ्रष्टाचार मामिलामा हाईकोर्टको आदेशपछि प्राथमिकी दर्ता गरी जाँच गरिरहेको सीबीआईले पार्थ चटर्जी विरूद्ध चार्जशीट दर्ता गरेको छ। जब उनलाई पक्राउ गरिएको थियो, तब उनी राज्यको उद्योग मन्त्री थिए। विधानसभा सदस्य भएकोले नियमानुसार उनी विरूद्ध न्यायिक प्रक्रिया शुरू गर्नका लागि विधानसभा अध्यक्ष अथवा राज्यपालको अनुमति हुनुपर्छ। संविधानको धारा १६३ अनुसार आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्दै राज्यपालले मंगलवार राति सीबीआईलाई पार्थ विरूद्ध न्यायिक प्रक्रिया शुरू गर्ने अनुमति दिएको छ।

वस्तुतः पक्रा परेदेखि पार्थलाई प्रेसीडेन्सी सेन्ट्रल जेलमा राखिएको छ। उनी विरूद्ध सीबीआई कोर्टमा चार्जशीट दर्ता गरेको छ। तर यस मामिलामा अघिको न्यायिक प्रक्रिया शुरू गर्नका लाग राज्यपाल वा विधानसभा अध्यक्षको अनुमति जरूरी थियो। त्यही अनुसार, मंगलवारि राति राज्यपालले अनुमति दिएका छन्।

-हिस

About Author

Advertisement