राज्यपालले दिए चासोक तोङनामको शुभकामना

IMG-20230221-WA0363.jpg

गान्तोक: लिम्बू समुदायको महान पर्व चासोक तोङनामको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। विशेष गरेर यो पर्व लिम्बू समुदायको भएको कारणले उनले लिम्बू समुदायलाई बधाई साथै शुभकामना दिएका छन्। वार्षिक फसलको प्रस्ताव, धर्ती माता पृथ्वीले मानव जातिलाई दिएको आशिषको निम्ति उनले कृतज्ञता प्रकट गरेका छन्। राज्यमा पालन गरिने विभिन् जातिको पर्वले यसले सिक्किमलाई थप प्रगतिशील र शान्तिपूर्ण दिशामा अघि बढाउनको साथै सबै पुस्ताहरूलाई एकसाथ जोड्ने प्रयासकोरूपमा पनि चिन्हित गराउने बताएका छन्। लिम्बू समुदायको चाहना र आकांक्षालाई समेट्ने समर्पण आधुनिकता र परम्परालाई समेट्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले मन्तव्य प्रकट गरेका छन्।

यो पर्व रमाइलो हुनु पर्ने र सबै समुदायहरू बीचको बन्धनलाई बलियो बनाउँदै र सिक्किमको साझा आकांक्षा र सांस्कृतिक समृद्धिको लागि मञ्चकोरूपमा काम गरोस् भनि राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

About Author

Advertisement