गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिवसीय आधिकारिक भ्रमणमा आज हिमालयी राज्य सिक्किम आइपुगेका छन्। लोक भवनमा प्रधानमन्त्रीलाई सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले न्यानो स्वागत जनाए।
राज्यपालले प्रधानमन्त्री मोदीलाई पुष्प गुच्छले स्वागत गरे भने परम्परागत स्मृति चिन्हको रूपमा ‘बौद्ध माणे’ र ‘थाङ्का’ प्रदान गरेको लोकभवनले प्रेस बयानमा बताएको छन्। यस अवसरमा राज्यपालले प्रधानमन्त्रीलाई सिक्किमको स्वर्ण जयन्ती समारोहको तयारीबारे जानकारी गराए।

प्रधानमन्त्री भोलि राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने सिक्किम राज्यको ५०औं वार्षिकोत्सवको समापन समारोहमा सम्मिलित रहने छन् र विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नेछन्।









