राज्यपालले अमृत महोत्सव उद्यानको निरीक्षण भ्रमण गरे

n5691103481703689190720f637e862bd78d39b43996f25c4e2b12a479232c94f55a2d2c22dd642b3c630bb.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज बेन फेङयोङ जीपीयू अन्तर्गत अमृत महोत्सव उद्यानको निरीक्षण भ्रमण गरे। यस अवधि राज्यपालले उद्यानको सुन्दरताको सराहना गर्नुका साथै उद्यानमा विकासका धेरै सम्भावनाहरूलाई ध्यानमा राख्दै भावी कार्य योजनाहरूमाथि चर्चा गरे। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

अमृत महोत्सव पार्क विशेष रूपमा नानीहरूको निम्ति बनाइएको हो, जहॉं टाडा-टाडाबाट नानीहरू खेल्न आउॅंछन्। राज्यपालले आफ्नो भ्रमण अवधि पार्कमा नानीहरूसॅंग आनन्दपूर्ण क्षण बिताए। यस उद्यानमा ग्रामीणहरूले जैविक उत्पादहरू बिक्री गर्छन्, जुन उनीहरूको आयस्रोत हो।

राज्यपालको साथमा राजभवनका सचिव जिग्मी दोर्जी भोटिया तथा अन्यहरू पनि उपस्थित थिए।

About Author

Advertisement