राज्यपाललाई अन्तर्राष्ट्रिय योग दिवसको मुख्य अतिथिका लागि निमन्त्रणा

FB_IMG_1781805151390

गान्ताेक: सिक्किम सरकारको आयुष विभागका सल्लाहकार ए. के. घटानीको नेतृत्वमा गएको एक टोलीले आज यहाँस्थित लोकभवनमा सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरेको छ।
उक्त भेटघाटका क्रममा प्रतिनिधिमण्डलले राज्यपालसमक्ष आगामी १२औँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा मुख्य अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ।
अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम आगामी २१ जुन, २०२६ का दिन गान्तोकस्थित रिज पार्कमा आयोजना हुन गइरहेको छ।
राज्यपाल माथुरले उक्त निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुहुँदै योग दिवस कार्यक्रमको भव्य र सफलतातर्फ उन्मुख संचालनका लागि आफ्नो तर्फबाट शुभकामना समेत व्यक्त गर्नुभएको छ।
उक्त भेटघाट कार्यक्रममा सल्लाहकार घटानीका साथमा आयुष विभागकी सचिव सुश्री सुचित्रा रसाइली र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement