राज्यपालद्वारा सिक्किम टीबी उन्मूलनमा रोल मोडल राज्य बन्ने विश्वास व्यक्त

photocollage_2023323222050260.jpg

गान्तोकः भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जारी गरेको राज्य टीबी स्कोर २०२२ अनुसार सिक्किमले सानो राज्यको श्रेणी (५० लाखभन्दा कम जनसंख्या) मा शीर्ष स्थान प्राप्त गरेको छ। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले यसलाई महान उपलब्धि बताउॅंदै राज्य स्वास्थ्य विभाग र टीबी डिभिजनका प्रत्येक स्वास्थ्य कर्मीहरूलाई बधाई दिएका छन्। राज्यपालले भने, ‘तपाईहरू सबैको अथक प्रयास र दृढ संकल्पका कारण सिक्किमले यो उपलब्धि प्राप्त गरेको छ। मलाई विश्वास छ कि हामी सबै मिलेर सिक्किमलाई शीर्ष स्थानमा कायम राख्न आफ्ना प्रयासहरू जारी राख्ने छौ। सिक्किमलाई पूर्णरूपमा टीबी मुक्त राज्य बनाउने संकल्पका साथ सिक्किम राज्य केन्द्र सरकारसॅंग कॉंधमा कॉंध मिलएर काम गरिरहेको छ।’

राज्यपालले संयुक्त राष्ट्र सतत विकास लक्ष्यहरूद्वारा निर्धारित वैश्विक लक्ष्यभन्दा धेरै अगाडि सिक्किम टीबी उन्मूलनमा रोल मोडल राज्य बन्ने विश्वास व्यक्त गरेका छन्। उनले स्वास्थ्य विभागको राज्य टीबी सेललाई बधाई दिॅंदै भनेका छन्, ‘टीबी हार्नेछ, भारतले जीत्नेछ, सिक्किमले जीत्नेछ।’

About Author

Advertisement