पुलिसको वाहनमा आगो लगाइदिएको घटनाका अझ १‌‌ जना पक्राउ

Capture3-13.png

सिलगढी: फाँसीदेवाको चेङ्गा नदीमा बालुवा तस्करी रोक्न जाँदा पुलिसको वाहनमा आगो लगाइदिएको घटनाका अझ एकजना बालुवा माफियालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी फाँसीदेवाको ताराबारी निवासी २८ वर्षीय अन्जीब टोटोको रूपमा चिन्हित गरिएको छ।जाँचमा जुटेका पुलिसले अझ एकजनालाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। गत बिहिबार फाँसीदेवाको चेङ्गा नदीबाट बालुवा ‘तस्करी भइरहेको गोप्य सूचना पाएपछि पुलिसले सो इलाकामा अभियान चलाउँदा बालुवा माफियाहरूले उल्टै पुलिसको वाहनमा आगो लगाइदिएको थियो।

About Author

Advertisement