राज्यपालद्वारा विकास परियोजनाहरूको शिलान्यास तथा उद्घाटन

n70971174217769644692745d20894113ba2a369dce5fbc385fda5b32e07445712ad41eb3f17daf2af400a2

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज राजस्थानको पाली जिल्लाअन्तर्गत तखतगढ़मा आयोजित एक कार्यक्रममा सहभागी बने। यस अवसरमा उनले नगरपालिका तखतगढ़द्वारा स्थापना गरिएको ३० मिटर (१०० फिट) अग्लो भव्य राष्ट्रिय ध्वजको उद्घाटन गरे। उक्त अवसरमा राजस्थान सरकारका क्याबिनेट मन्त्री, विधायक तथा अन्य जनप्रतिनिधिहरूको पनि उपस्थिति थिए।
यस उद्घाटनका साथै, उनले भर्चुअल माध्यमबाट क्षेत्रका महत्वपूर्ण विकास परियोजनाहरूको शिलान्यास तथा उद्घाटन पनि गरे। उक्त जानकारी आज लोकभवनले प्रेस विज्ञप्तिमा दिएको छ।
राज्यपालले पीएम श्री राजकीय बालिका उच्च माध्यमिक विद्यालयमा ३ वटा विज्ञान प्रयोगशाला तथा २ वटा अतिरिक्त कक्षाको निर्माण, संघवी केसरी वरिष्ठ माध्यमिक विद्यालयमा प्रार्थना स्थलमा टिनको छानो निर्माण तथा परिसरमा रङ्गीन लकिङ टाइल्स बिछ्याउने कार्य, सामुदायिक स्वास्थ्य केन्द्रमा नयाँ प्रयोगशाला निर्माण, नगरपालिका क्षेत्रमा रेन बसेरा, पक्षी गृह तथा खेड़ावासमा १५० केएल क्षमताको पानी ट्यांकी निर्माण जस्ता परियोजनाहरूको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले तखतगढ़वासीहरूलाई बधाई दिँदै शिक्षा र स्वास्थ्यसँग सम्बन्धित यी परियोजनाहरू क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने बताए।

About Author

Advertisement