राज्यपालद्वारा देशलाई टीबी मुक्त बनाउन प्रतिबद्ध बन्न आह्वान

photocollage_2023323222050260.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले २०२५ सम्म भारतलाई टीबी मुक्त देश बनाउन प्रतिबद्ध बन्नु पर्ने आह्वान गरेका छन्। राज्यपालले विश्व क्षय रोग दिवसको अवसरमा जारी आफ्नो सन्देशमा भनेका छन्, क्षय रोगले व्यक्ति, परिवार, समुदाय र अर्थ व्यवस्थालाई प्रभावित गर्छ। हामी टीबी महामारीलाई समाप्त गर्न गुणवत्तापूर्ण स्वास्थ्य सेवा र उपचारद्वारा भारतलाई २०२५ सम्म टीबी मुक्त बनाउन प्रतिबद्ध बन्नुपर्छ। उनले अझ भनेका छन्, यो वर्षको थीम ‘हो, हामी गर्न सक्छौं’ ले हामीलाई टीबी विरूद्ध लड्न समय आएको स्मरण गराउँछ। एक समुदाय र एक जिम्मेवार नागरिकको रूपमा क्षय मुक्त सिक्किमको दिशामा स्वेच्छाले योगदानको निम्ति निक्षय मित्रलाई स्वीकार गरेर राज्य अनि राष्ट्रलाई पूर्णरूपमा टीबी मुक्त बनाउने संकल्पमा आफ्नो योगदान प्रदान गर्नुहोस् र २०२५ सम्म टीबी उन्मूलनको भारतको प्रतिबद्धतालाई पूरा गर्न हामी सबै एकसाथ आफ्नो भागीदारी बढौं।राज्यपालले टीबी उन्मूलनको लक्ष्यलाई प्राप्त गर्न सबैलाई आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्न र सिक्किमलाई भारतको पहिलो क्षय मुक्त राज्य बनाउन आफ्नो पूर्ण सहयोग प्रदान गर्न आह्वान गरेका छन्।

About Author

Advertisement