दार्जीलिङ: दार्जीलिङ हिल युनिर्भरसिटीमा अध्यानरत विद्यार्थीहरूको भविष्यमाथि चिन्त ब्यक्त गर्दै हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेका छन्। राज्य सरकारले दार्जीलिङ पार्वतीय क्षेत्रको शिक्षा ब्यवस्थालाई अझ दरिलो बनाउँन दार्जीलिङ हिल युनिर्भरसीटीको स्थापना गरेको छ। दार्जीलिङ हिल युनिर्भरसिटीमा पहाडको तीन यस भन्दा धेरै विद्यार्थीहरू अन लाइन क्लास आदि जस्ता कार्यहरू गर्दै आइरहेको छ अनि कतिपय विद्यार्थीहरूले सेमिस्टर पास पनि गरी सकेको छ तर उनीहरूले सेमिस्टरमा उर्तीण भएको अर्जिनल मास्कसीट नपाएको हाम्रो पार्टी अध्यक्ष एंव सभासद एडवार्डसले राज्यको शिक्षामन्त्री ब्रत बासुलाई लेखेको पत्रमा उल्लेख गरिएको छ अनि उक्त पत्रको प्रतिलिपि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी,राज्यपाल ला गणेशन, जिल्लाधिकारी एस पूनमबालम,जीटीए चीफ अनित थापा अनि डेपुटी जीटीए चीफ सन्चवीर सुब्बालाई पठाएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले राज्यको शिक्षामन्त्री ब्रत बासुलाई लेखेको पत्रमा दार्जीलिङ हिल युनिर्भरसीटीमा अध्यानरत विधार्थीहरूले सम्बन्धित विभागको वेब साइटहरूमा खोजी गर्दा दार्जीलिङ हिल यूनिर्भरसीटीलाई यूनिर्भरसीटी ग्रान्टस कमिशन यूजीसीले मान्यता नदिएको पाएको आफुलाई जानकारी गराएको तिनले पत्रमा जनाएको छ।यसले गर्दा दार्जीलिङ हिल युनिर्भरसीटीमा अध्यानरत विधार्थीहरूको भविष्यमा प्रश्न चिन्ह खडा भएको अध्यक्ष एडवार्डसले जनाएको छ। अध्यानरत विद्यार्थीहरूले उतर बंगाल विश्व विद्यालयसँग दार्जीलिङ हिल युनिर्भरसीटी सम्बन्धित दस्तावेज एंव जरूरी सूचनाहरू माग्दा नदिएको एडवार्डसलाई विद्यार्थीहरूले बताएको पत्रमा उल्लेख गरेका छन्। दार्जीलिङ हिल युनिर्भरसीटीमा अध्यानरत विद्यार्थीहरूको भविष्य सुनिचित गराउँन अब उतर बंगाल विश्वविद्यालयले नै दाहित्व उठाउनु पर्ने मांग पनि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले राज्यको शिक्षामन्त्री ब्रत बासु समक्ष माग गरेको छ।











