राजेन तामाङले जिल्ला सूचना अधिकारीको पदभार ग्रहण गरे‎‎

FB_IMG_1778750604187

ग्यालशिङ: जिल्ला सूचना अधिकारीको रूपमा राजेन तामाङले आज ग्यालशिङ जिल्लाको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। ‎पदभार ग्रहण गरेपछि तामाङले जिल्लामा सूचना प्रवाह तथा सार्वजनिक सञ्चारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारी कार्यक्रम तथा विभिन्न विकास गतिविधिहरूको प्रभावकारी जानकारी जनसमक्ष पुर्‍याउन सबै सम्बन्धित विभाग तथा सञ्चारकर्मीहरूसँग घनिष्ठ समन्वयमा काम गर्ने आश्वासन पनि दिए।‎ पूर्व जिल्ला सूचना अधिकारी कृष्ण सुब्बा (लिम्बू) तथा जिल्ला सूचना केन्द्र ग्यालशिङका पदाधिकारी र कर्मचारीहरूले उनलाई स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।

About Author

Advertisement