राजीव गाँधीको पुण्य तिथि पालन

IMG-20240521-WA0247.jpg

सिलगढी: पूर्व प्रधानमन्त्री राजीव गाँधीको ३३औ पुण्य तिथि आज सिलगढीमा पनि पालन गरियो। प्राप्त जानकारी अनुसार आज सिलगढीको हासमी चोक परिसरमा रहेको पार्टी कार्यालयमा राजीव गाँधीको पुण्य तिथि मनाइयो। यस अवसरमा काङ्ग्रेस पार्टीका स्थानीय नेताहरूले दिवङ्गत राजीव गाँधीको फोटोमा धुप- द्वीप जलाउनको साथै फुल-माला चढाएर तिनलाई हार्दिक श्रद्धाञ्जलि दिए।

यस अवधि दार्जीलिङ जिल्ला काङ्ग्रेस अध्यक्ष शंकर मालाकार, जीवन मजूमदार, राजेश प्रसाद, सुब्रत दत्त, सदानन्द दास, कलाकन घोष लगायत अन्य काङ्ग्रेस कार्यकर्ताहरू उपस्थित थिए।

About Author

Advertisement