राजस्थानको मॉं त्रिपुरा सुन्दरी मन्दिरमा राज्यपालले गरे पूजा-अर्चना

n6282317021724694247359f100ba78fd09daccf5a9f22ea529e9caa2c56117c22aa5deb18c11813ab7c6e4

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजस्थानको बांसवाडा जिल्लामा मॉं त्रिपुरा सुन्दरी मन्दिरमा पूजा-अर्चना गरेर देशवासीहरूको निम्ति प्रार्थना गरे। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ। राज्यपालले मॉं त्रिपुरा सुन्दरी मन्दिरमा पारम्परिक तरिकाले पूजा-अर्चना गर्दै आफ्नो गहिरो श्रद्धा एवं प्रार्थना अर्पित गरे। माता त्रिपुरा सुन्दरी आफ्नो कृपा र दिव्यताको निम्ति चिनिन्छन्। राज्यपालले भने, ‘माता त्रिपुरा सुन्दरीले हामीलाई सुख, शान्ति एवं समृद्धिले पूर्ण भविष्यतिर मार्गदर्शन प्रदान गरुन्।

About Author

Advertisement