राजनीतिसँग धेरै डराउँछिन् विद्या बालन

3689071-78.webp

मुम्बई: विद्या बालन (४५) को फिल्म ‘दो और दो प्यार’ अन्तिम अप्रिल १९मा रिलिज भएको हो। यो फिल्म एक्स्ट्रा मैरिटल अफेयरमा आधारित छ। चलचित्रले सोचे अनुसारको प्रदर्शन गर्न सकेन। यसैबीच विद्याले एक अन्तर्वार्तामा राजनीतिको बारेमा आफ्नो धारणा राखिन्। ‘अनफिल्टर्ड बाइ सम्दिश युट्युब च्यानल’ लाई दिएको अन्तर्वार्तामा विद्याले एक प्रश्नको जवाफमा भनिन्, ‘म राजनीतिमा कमेन्ट गर्दिन किनकी कुनै पनि कमेन्टले कसैलाई रिस उठ्छ र तपाईलाई बहिष्कार गरिन्छ। त्यसपछि प्रतिबन्ध लगाइन्छ। मलाई राजनीतिसँग धेरै डर लाग्छ। अहिले कलाकारहरुलाई राजनीतिमा चासो छैन किनकी कासलाई कहिले रिस उठ्छ थाहा छैन। विशेषगरी फिल्म रिलिजको समयमा यस्तो हुन सक्छ। एउटा चलचित्रमा २०० जनाले मिहिनेत गर्छन्, त्यसैले म राजनीतिबाट टाढा रहन्छु। विद्याले धार्मिक संरचना निर्माणका लागि आफूले कहिल्यै पैसा नदिएको पनि बताइन्।

About Author

Advertisement