राजनीतिमा हार अनि जित हुन्छ नै र हामीले हार पनि स्वीकार्नु सक्नुपर्छ। हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ होला: अनित थापा

IMG-20260504-WA0085

खरसाङ: २०२६ को चुनावको परिणाम निस्किसकेको छ। परिणाम अनुसार मानिसले परिवर्तन चाहेको रहेछ यसलाई हामीले स्वीकार्छौ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले बताए। उनले एक भिडियो जारी गर्दै भने, दार्जिलिङ, खरसाङ अनि कालेबुङमा हामीले हाम्रो प्रार्थी उठाएका थियौँ। हामीले हारको सामना गर्नुपर्यो। हामी यसलाई स्वीकार गर्छौं अनि सबैले गर्नु पनि पर्छ।’
उनले अघि भने, पहाडमा शान्ति आएको छ अनि यस शान्तिलाई कायम राख्नुपर्छ। विजय भएका बीजेपी-का तीनैजना उम्मेदवारहरूलाई बधाई पनि दिन चाहन्छु। उहाँहरुले पहाडको निम्ति अझ राम्रो काम गर्नेछन् भन्ने मेरो विश्वास छ अनि आशा पनि गरेको छु।’
थापाले अझ भने, ‘मेरो कार्यकर्ताहरू, समर्थकहरु अनि मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। हामीलाई मतदान दिनुहुने सबैलाई पनि म धन्यवाद दिन चाहन्छु। पहाडलाई शान्ति राख्ने अनि विकसित बनाउने हाम्रो जुन मिसन छ त्यस मिसनलाई हामी अघि बढाएर लैजानेछौं।’
उनले भने, तपाईँहरू अझ अडिग भएर बस्नुहोस्। विगतको दिनमा पनि हामीले चुनाव हारेकै हौँ। तर हामीले अडिग भएर अघि बढ्यौँ। आगामी दिनमा पनि हामी निराश अनि हतास नभइकन रहने म आह्वान गर्छु।’ आफ्नो सन्देशमा अनित थापाले भने, ‘राजनीतिमा हार अनि जित हुन्छ नै। हामीले हार पनि स्वीकार्नु सक्नुपर्छ। हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ होला। सबैलाई शान्तिमय ढङ्गमा रहने उत्तेजित नहुने, कसैप्रति अपशब्द प्रयोग नगर्ने म आह्वान गर्छु।’
उनले भाजपाको तीनजना विजेताहरूलाई बधाई अनि शुभकामना दिएका छन्।

About Author

Advertisement