राजनीतिक दुराग्रहका कारण सायोनीसित सोधपुछ भइरहेछ- शशि पान्जाराजनीतिक दुराग्रहका कारण सायोनीसित सोधपुछ भइरहेछ- शशि पान्जा

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा तृणमूल युवाका अध्यक्ष सायोनी घोषसित ईडी अधिकारीले आज शुक्रवार सोधपुछ गरिरहेका छन्। केन्द्रिय एजेन्सीले बोलाउँदा उनी बिहान लगभग ११.१५ बजी सीजीओ कम्प्लेक्स स्थित ईडी अफिसमा पुगेकी छन् जहाँ दुई अधिकारीले उनीसित सोधपुछ गरिरहेका छन्। उनलाई मोबाइल लिएर भित्र पस्न दिएन र उनको जवाफ पनि रेकर्ड गरिन्दैछ। यसलाई लिएर राज्यका मन्त्री शशि पान्जाले केन्द्रिय एजेन्सीहरूको भूमिकालाई लिएर प्रश्न चिह्न खड़ा गरेका छन्।

उनले भने, यो सबैलाई थाहा छ सीबीआई, ईडी समेत अन्य केन्द्रिय एजेन्सीहरूले केन्द्र सरकारको सत्तारूढ़ पार्टीको इशारामा काम गर्छन्। सायोनीको शिक्षक नियुक्ति भ्रष्टाचारसित कुनै सरोकार छैन, उनलाई सताउनका लागि बोलाइएको हो किनभने उनी तृणमूल कांग्रेसको नेता हुन्। राजनीतिक दुराग्रहको कारण उनलाई बोलाइएको हो।

-हिस

About Author

Advertisement