राजनीतिक कारणहरूले सरकारले ग्रामीण बंगालमा जलापूर्ति गरिरहेका छैन

99443780.png

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले केन्द्रिय जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतलाई चिट्ठी लेखेर राज्यका अधिकारीले राजनीतिक कारणहरूले ग्रामीण बंगालका धेरै क्षेत्रहरूमा जलापूर्ति नगरिरहेको आरोप लगाएका छन्। केन्द्र सरकारको महत्वाकांक्षी हर घर जल परियोजनाको सपनालाई यिनीहरूले तोड़ेका छन्। उल्लेख्य प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदार बिहीवार बालुरघाट स्थित आफ्नो संसदीय क्षेत्रको भाटपाड़ा क्षेत्रमा गएका थिए, जहाँ स्थानीय मानिसहरूले घेरेर विरोध व्यक्त गरेका थिए। सबैको भनाई थियो, उनीहरूलाई जलापूर्ति भईरहेछैन। सुकान्त मजूमदारले भनेका थिए, केन्द्र सरकारको महत्वकांक्षी जल जीवन परियोजना अन्तर्गत यस ग्रामको घर-घरमा जलापूतिको व्यवस्था गरिएको छ। यद्यपि, स्थानीय तृणमूल नेताहरूले यसको साटो पनि मानिसहरूबाट पैसा असूली गरेका छन् र अहिलेसम्म पूर्ण रूपमा जल आपूर्ति सुनिश्चित हुनसकेको छैन। यसैले मानिसहरूमा रोष छ। यस सम्बन्धमा केन्द्र सरकारलाई चिट्ठी लेखिनेछ।

About Author

Advertisement