राजधानीमा दुई दिवसीय एक्सपो शुरू

IMG-20230410-WA0169-11-300x172-1

गान्तोक: पाण्डा इभेन्ट म्यानेजमेन्टद्वारा आज रिजपार्कमा अटो एक्सपो शुरू गरिएको छ। दुई दुवसीय एक्सपोलाई विधायक जीटी ढुङ्गेल अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उद्घाटन गरे।

उद्घाटपछि उनीहरूले त्यहाँ प्रदर्शनीको निम्ति राखिएको विभिन्न वाहनहरूको अवलोकन गरे।

यसबारे विधायक ढुङ्गेलले यस पहलको निम्ति आयोजक बधाई समितिलाई बधाई दिए। अब सिक्किमका युवाहरू केवल सरकारी नौकरीको पछि मात्र नलागेर उद्योगमा धन्दा अप्नाउनु पर्ने आग्रह गरे। यस भन्दा अघि यस्ता कार्यक्रमहरू केवल बाहिरकाले मात्र गर्ने गरेको, तर सिक्किमका उद्यामी युवाहरूको आयोजनामा नै एक्सपो आज भएकोमा उनले खुशी प्रकट गर्दै बधाई दिए।

About Author

Advertisement