राजगञ्जको अमबारी फलकाटा चिन्ता मोहन उच्च विद्यालयका १०५ जना विद्यार्थीलाई ‘सारथी’ योजनाअन्तर्गत साइकल वितरण

FB_IMG_1791560451451

​राजगञ्ज: पश्चिम बङ्गाल सरकारको ‘सारथी’ योजनाअन्तर्गत राजगञ्जस्थित अमबारी फलकाटा चिन्ता मोहन उच्च विद्यालयका कुल १०५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ।
​विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बिच राजगञ्ज पञ्चायत समितिकी सभापति मोनिका अधिकारीलगायत अन्य अतिथिहरूले विद्यार्थीहरूलाई साइकल हस्तान्तरण गरेका हुन्।
​उक्त कार्यक्रममा बिन्नागुडी ग्राम पञ्चायतकी उपप्रधान प्रतिमा सिङ्घा रोय, बीरेन्द्रनाथ सरकार, सुजन रोय, अजित दत्त, अजय अधिकारी, स्वागत रोय र तापस रोयसमेतको उपस्थिति रहेको थियो।
​कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति मोनिका अधिकारीले विद्यालयका कक्षा ९ मा अध्ययनरत १०५ जना विद्यार्थीलाई साइकल प्रदान गरिएको जानकारी दिइन्। साथै, उनले वर्तमान सरकारको ‘सारथी’ योजनाअन्तर्गत वितरित साइकल अघिल्लो सरकारको ‘सबुज साथी’ योजनाका साइकलभन्दा उत्कृष्ट गुणस्तरको रहेको दाबीसमेत गरिन्।

About Author

Advertisement