राखी सावन्तविरुद्ध मानहानीको मुद्दा

Rakhi-Sawant

मुम्बई: पूर्व नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)का अधिकारी समीर वानखेडेले ‘बिग बोस १४’की प्रतियोगी राखी सावन्त र उनका वकिल अली काशिफ खानविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन्। उनले क्षतिपूर्ति रकम ११ लाख रुपियाँ मागेका छन्। यो मामला मुम्बईमा डिन्डोशी सिटी सिविल कोर्ट, मलाडमा दर्ता गरिएको थियो। समीरले उजुरीमा राखी र अलीले उनको इमेज खराब गर्ने र बदनाम बनाउने कोशिश गरेको उल्लेख गरेका छन्। यता अलीले भने आफू र राखीमाथि लागेको मानहानीको मुद्दाको बचाउ गरेका छन्। ‘कानूनको व्याख्या छ कि जब जनताको भलाईका लागि सत्य बोलिन्छ, तब कुनै मानहानी हुँदैन। आईपीसीको धारा ४११ मा दोस्रो अपवाद(एक्सेप्शन) ‘पब्लिक कन्डक्ट अफ पब्लिक सर्वोट्स’ छ।

अर्थात कुनै पब्लिक सर्वेटलाई सार्वजनिक काममा उसको आचरण या क्यारेक्टरका बारेमा नेक नियतले राय दिइन्छ भने त्यो मानहानी होइन’, अलीले भनेका छन्। यो मामलामा अदालतमा विचाराधिन छ। अलीले यो मामलाको खरो जवाफ दिने बताएका छन्। ‘यसको मुखभरी जवाफ दिइनेछ। यदि उसले आफ्नो मामला साबित गर्छ भने उसलाई ११ दशमलब ०१ लाख रुपियाँ दिनेछु’, अलीले भनेका छन्। यस विषयमा राखीले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले लागुऔषध मामलामा पक्राउ गर्दा राखीले आर्यनको समर्थन गरेकी थिइन्। उनले कैयौं भिडियोमा आर्यन निर्दोष रहेको बताएकी थिइन्। ‘यदि तपाईंहरु सिंह हो भने सिंहसँग लड्नुहोस्। स्याल बनेर बच्चाको शिकार नगर’, राखीले भनेकी थिइन्।

About Author

Advertisement