रसुवा बाढी: उद्धार र राहतका लागि अमेरिकाले दिने भयो ५ लाख डलर

IMG-20260827-WA0047

काठमाडौं: अमेरिकाले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीका कारण ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गरिएको छ।
स्थिति अनुगमन गरिरहेको अमेरिकी विदेश मन्त्रालयले उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन ‘विपद् प्रतिक्रिया सल्लाहकार’ खटाएको जनाएको छ। साथै, क्याथोलिक रिलिफ सर्भिसमार्फत आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी तथा सरसफाइका लागि अमेरिकाले ५ लाख अमेरिकी डलर उपलब्ध गराउनेछ।
काठमाडौँस्थित अमेरिकी दूतावासले बाढीप्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी र सहयोगका लागि स्थानीय निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

About Author

Advertisement