रम्फू बजारमा होटल र वाणिज्यिक प्रतिष्ठानहरूको निरीक्षण

Untitled-1-copy-180

पाकिमः सिकायतको आधारमा आज रम्फू बजार वरिपरीका होटल र स्थानीय वाणिज्यिक प्रतिष्ठानहरूको संयुक्तरूपमा निरीक्षण गरियो। निरीक्षणको क्रममा मूल्य वृद्धि र म्याद समाप्त भएका सामग्रीहरूको बिक्रीको जॉंच गरिएको थियो। यसावधि दोषी पाइएका व्यक्तिहरू विरूद्ध कानून अनुसार कारबाही गरिएको बताइएको छ।

निरीक्षण पाकिमका डीसीएसओ भीम प्रधान, कानूनी मेट्रोलोजी एकाई एवं उपभोक्ता संरक्षण प्रकोष्ठका निरीक्षक केन्जोङ भोटिया, रम्फू एफसीएसका खाद्य निरीक्षक लाकधोज सुब्बा, रम्फूका बजार निरीक्षक, पञ्चायत र पुलिस कर्मीहरूद्वारा संयुक्त रूपमा गरिएको थियो।

About Author

Advertisement