रम्फू आईबीएममा पानी र बिजुली आपूर्तिको तयारी

IMG-20231015-WA0307.jpg

गान्तोक: पाक्योङका जिल्लापाल टाशी छोपेलले आज रम्फू पर्यटक केन्द्रमा एक समीक्षा बैठक बोलाए। जसमा जिल्लाका अधिकारीहरु र स्थानीयनिकायका प्रतिनिधिहरुको सहभागिता थियो। बैठकमा अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङले बैठकबारे बताइन्। बैठकमा सडक तथा पुल विभागले थुप्रिएका फोहोर सफा गरी आईबीएम क्षेत्रका १८ वटा घरलाई सफाई गरेको जानकारी दिइयो। त्यसैगरी गोलिटार क्षेत्रमा राजमार्गको मैला सफाइ गरिएको छ।

पीएचई विभागले राहत शिविरहरूमा पानी आपूर्तिको मर्मत र सञ्चालनको तयारी गरेको छ। विद्युत विभागले बिजुली सेवा जडानका लागि १७ पोलहरू पनि बसाएको छ। तल्लो आईबीएम क्षेत्रमा ७० घर परिवारलाई सेवा जडान उपलब्ध गराएको जानकारी बैठकमा दिइयो। साथै डिजेल जेनेरेटरलाई ब्याकअप स्रोतको रूपमा राखिएको छ। ऊर्जा विभागको स्थायी पुनर्निर्माणको काम राष्ट्रिय राजमार्ग १० माझितार, बर्दाङ र रम्फूमा सुरु भएको छ। त्यसपछि सहरी विकास विभागले प्रभावित क्षेत्रका फोहोर हटाउन अस्थायी नाली निर्माण गरेकोजानकारी दिइयो। बालबालिकामा सकारात्मक मनोवृत्ति विकास गर्न सम्बन्धित विभागले राहत शिविरमा रहेका विद्यार्थीहरूलाई कला र चित्रकलामा संलग्न गराएका थिए।

About Author

Advertisement