रमजानका लागि लच्छा र सेवई बनाउने काममा तीब्रता

IMG-20240402-WA0213

मालदा: रमजानको महिनामा पुरानो मालदा लच्छा र सेवई बनाउने काम धमाधम भइरहेको छ। हरेक वर्ष ईदअघि रमजान महिनामा पुरानो मालदा नगरपालिकाको वार्ड नम्बर १२ को खैरातीपाडा क्षेत्रमा रहेको अस्थायी कारखानाबाट लच्छा र सेवई बनाउने काम शुरु हुन्छ। यो खाद्यवस्तु मालदाबाट भीमा जिल्लामा पनि निकासी हुने गरेको छ। यस वर्ष पनि लच्छा र सेवई धेरै मात्रामा बनाइँदैछ। परम्परागत रूपमा घरमै बनाइने लच्छा र सेवई प्रतिकिलो ९० रुपियाँमा बिक्री हुने गरेको छ। तर, खुद्रा बिक्रेताले ती खाद्यवस्तु थोक बिक्रेताबाट किनेर हालको बजारमा १२० देखि १५० रुपियाँमा बिक्री गरिरहेका छन्।

उल्लेखनीय छ, रमजान महिनामा बेलुकी व्रत तोडेर धेरैले विभिन्न खाद्यवस्तुसँगै यस प्रकारको लच्छा र सेवईलाई खानाका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। पुरानो मालदा नगरपालिकाको खैरातीपाडा क्षेत्रमा कम्तीमा १० देखि १२ जना कारीगरले कुशलतापूर्वक यो लच्छा र सेवई बनाउँदै आएका छन्।   रमजानको महिना लाग्ने बित्तिकै लच्छा र सेवईको काम शुरु गरेको कारखाना संचालक सारिक अलिले बताए। तर, वर्षभरि यो खानेकुराको माग हुँदैन। तर रमजानको महिनामा यो खानाको माग आकाशिने गरिन्छ।

About Author

Advertisement